नेकपा-स्थायी-कमिटी-बैठक-जेठ-१५-अघि-‘असम्भव’

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लगातार भेटवार्ता भइरहेको छ । शनिबार पनि दुई अध्यक्षबीच छलफल भएको छ ।

तर, स्थायी कमिटीको बैठक बोलाउन सहमति जुटेको छैन । नेकपा नेताहरुका अनुसार अब जेठ १५ मा बजेट ल्याएपछि मात्र बैठक बस्ने सम्भावना बढेको छ ।

सरकार अब नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रुप दिने तयारीमा जुटेको छ । जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने तय भएको छ भने संविधानअनुसार जेठ १५ गते बजेट ल्याउनै पर्ने हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि बजेटलाई अन्तिम रुप दिन व्यस्त छन् । त्यसमाथि,

 » पुरा समाचार पढ्नुहोस