२९ वैशाख, काठमाडौं । लकडाउनका कारण बन्द उद्योग सञ्चालन गर्दा सवारी आवागमनमा हुने कठिनाईको सहजीकरण उद्योग मन्त्रालयले गर्ने भएको छ ।
उद्योग मन्त्रालयले सोमबार उद्योगी व्यवसायीसँग गरेको छलफलमा यस्तो सहमति भएको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।
उद्योगतर्फको ढुवानी तथा यातायातको समन्वय उद्योग विभाग र व्यापारतर्फको समस्या वाणिज्य विभागले समाधान गर्ने सहमति भएको उपसचिव बस्नेतले बताए । अब सकारले तोकेको समयमा सञ्चालन हुने उद्योग र व्यवसायको समस्या समाधान गर्न मन्त्रालयले दुई विभागलाई फोकल बिन्दू तोक्ने छ ।
मन्त्रालयमा भएको छलफलमा उद्योग सञ्चालन गर्न सरकारले तयार पारेको प्रोटोकल्स कार्यन्वयन चुनौतीपूर्ण भएको गुनासो उद्योगी व्यवसायीले उद्योग मन्त्रीसमक्ष राखेका थिए । छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ,