भारतलाई-नेपालको-प्रतिउत्तर-:-लिपुलेकबारे-वार्ता-गर्न-कोरोना-अन्त्यसम्म-पर्खिन-सक्दैनौं

२९ वैशाख, काठमाडौं । नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने बताएको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले आपत्ति जनाएको छ । साथै, त्यसलाई यथास्थितिमा राख्न पनि नेपालले माग गरेको छ ।

जवाफमा भारतले आफ्नै भूमिमा सडक बनाएको दाबी गर्दै सीमा समस्याबारे कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि नेपालसँग वार्ता गर्न तयार रहेको बताएको छ ।

अस्ति भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य हेरेँ । कोरोनापछि वार्ता गर्न तयार छौं भन्नुभएको छ । हामी त्यति पर्खिने पक्षमा छैनौं । छिटो वार्ता सुरु गर्नुपर्छ भन्ने छ

तर,

 » पुरा समाचार पढ्नुहोस