सरकारी-विज्ञको-निष्कर्ष-:-कोरोना-नियन्त्रण-बाहिर-जान-सक्छ

३० वैशाख, काठमाडौं । मंगलबार एक दिनमा मात्रै नेपालमा ८३ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटियो । जबकि कोभिड-१९ संक्रमणको पहिलो केस देखिएको ५८ दिनपछि मात्र दोस्रो केस देखिएको थियो भने यो संख्या बढेर ३० जना पुग्दा नेपालमा कोरोना संक्रमण देखिएको तीन महिना नाघिसकेको थियो ।

त्यसपछि भने एकाएक संक्रमणको ग्राफ उकालो लाग्यो । वैशाख ५ गते उदयपुर र चितवनमा गरी १४ जनामा संक्रमण देखिएपछि संक्रमणको दर स्थिर रहेन । यो ग्राफ मंगलबार साँझसम्म आइपुग्दा नेपालमा कोरोना संक्रमितको कुल संख्या २१७ पुगेको छ । जसमध्ये १८७ वटा केस यही महिना र ८३ वटा मंगलबार मात्र देखिएको हो ।

यो संख्या तीव्र गतिमा बढ्नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूको आकलन छ ।

अहिले सरकारले उदयपुरको भुल्के,

 » पुरा समाचार पढ्नुहोस