पूर्वगृहमन्त्रीका-गार्डको-संक्रमण-स्रोत-भेटिएन,-सशस्त्रका-दुई-संक्रमित-बने-धन्यवादका-पात्र-!

१ जेठ, काठमाडौं । लकडाउनको समयमा प्रशासनले जारी गरेको पास बोकेर उपत्यका छिरेका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई जना चन्द्रागिरि नगरपालिकाका छन् भने अर्की महिला (२५) भक्तपुरकी हुन् ।

अर्का संक्रमित पूर्वगृहमन्त्री भीमबहादुर रावलको सुरक्षा टोलीका सदस्यले आफू उपत्यका छाडेर कतै नगएको बताउँछन् । त्यसैले उनको संक्रमणको स्रोत खोज्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (अप्स) तथा नेपाल प्रहरी जुटेको छ । भक्तपुरको दुवाकोटमा बसेका २७ वर्षीय उनमा संक्रमण देखिएपछि उपत्यकाभित्र पनि समुदाय स्तरमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

त्यसैले सर्वसाधारणको व्यापक रुपमा परीक्षण थालिनुपर्ने जनस्वास्थ्यविद्हरु बताउँछन् । उनको कन्ट्याक ट्रेसिङमा संलग्नहरुले भने उनी बसेको घरबाटै संक्रमण फैलिएको हुनसक्ने शंका गरेका छन् ।

काठमाडौंका दुवै संक्रमित सशस्त्र प्रहरीसँग जोडिएका व्यक्ति हुन् । एक जना संक्रमित महिला अवकाश प्राप्त सशस्त्र प्रहरी जवान हुन् । उनका श्रीमान सशस्त्र प्रहरी अस्पतालमा कार्यरत छन् । अर्का संक्रमित पुरुष पनि सशस्त्र प्रहरीकै जवान हुन् ।

सात स्वाबको नतिजाबाट स्रोत खुल्ने आश

दुवाकोटका सशस्त्र प्रहरी जवानमा संक्रमण देखिएलगत्तै महानगरीय प्रहरी परिसर,

 » पुरा समाचार पढ्नुहोस