म-कोरोना-पोजेटिभ-छु,-तपाईंहरू-चिन्ता-नलिनुस्

पेसाले म पत्रकार, कोभिड– १९ को संक्रमण चलिरहेको समयमा आम नागरिकमा सत्यतथ्य सूचना सम्प्रेषण गर्नु मेरो काम । २०६३ सालदेखि यो पेशामा आबद्ध भएको हुँ ।

६ वर्षदेखि वीरगञ्जमा छु । वीरगञ्ज पछिल्ला दिनमा कोरोनाको इपिसेन्टर बनेको छ । नेपालको नम्बर एक अनलाइनखबरमा आबद्ध कामको चाप बढी हुनु स्वाभाविक हो । तपाईंहरू अनलाइनखबरलाई भरोसा गर्नुहुन्छ । त्यो भरोसाको केही हिस्सा पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ नै । त्यही जिम्मेवारी पूरा गर्ने क्रममा ‘फ्रन्टलाइन’मा खटिएको हो ।

श्रीमती कल्पनाजी बाहिर धेरै नजानु भनेर कराउनुहुन्थ्यो । कोठामा छोरा सुक्रिश पनि भएकोले सावधानी अपनाउन अरूले पनि भन्थे । बाहिर जाँदा विश्व स्वास्थ्य संगठनले भनेजस्तै गर्न नसकेपनि स्वास्थ्य सचेतना अपनाएकै हो । बाहिरबाट आउँदा धारामा साबुन पानीले बेस्सरी हात धोएर मात्र कोठामा पस्थेँ ।

तीन जना भारतीय जमातीमा कोरोना संक्रमण देखिएसँगै वीरगञ्जमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको हो । संक्रमित थपिँदै गए,

 » पुरा समाचार पढ्नुहोस