२ जेठ, काठमाडौं । कोरोना संकटबाट आहत भएर लकडाउनमा थुनिएका जनताले कम्युनिस्ट सरकारबाट गतिलो राहतको प्याकेज आउला भन्ने सोचिरहेका छन् । तर, सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कानुनी कारवाहीको धम्की आयो, राहतको प्याकेज आएन ।
शुक्रबार संसदमा प्रस्तुत ६३ पृष्ठ लामो नीति तथा कार्यक्रममा ‘राहत’ शब्दै छैन । २७६ वटा बुँदाहरु रहेको नीति तथा कार्यक्रममा हामीले कम्प्युटरबाट ‘सर्च’ गरेर खोज्यौं,