दुई-अध्यक्षको-आँटले-एकता-भयो-भन्नु-एकलकाँटे-विश्लेषण-हो

तत्कालीन  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको आज दुई वर्ष पुगेको छ । विगतमा भिन्न–भिन्न कार्यदिशा अँगालेर आएका दुई  ठूला कम्युनिष्ट पार्टीबीचको एकता वास्तवमा ज्यादै ठूलो महत्वको ऐतिहासिक घटना थियो । कतिपय साथीहरुले यस पार्टी एकतालाई तत्कालीन दुई पार्टीका अध्यक्षहरुको आँट र पहलको उपजका रुपमा विश्लेषण गर्ने गर्नुहुन्छ । यस्तो विश्लेषण सही होइन ।

किनभने यो एकता तात्कालिक परिस्थितिको उपज मात्र थिएन । यो एकता त दुई पार्टीबीच विभिन्न अन्तर्विरोधका वावजुद लामो समयदेखि चलीआएको सम्वाद र सहकार्यले निर्माण गरेको परिवेशमा भएका नयाँ सहकार्यको उपज थियो । यो त विगतमा भएका ठूला-ठूला एकताहरुको परिपूरक पनि थियो ।

सिलगुढी वार्ता‚ लखनौ वार्ता‚ रोल्पा वार्ता र नेकपा  (एमाले) ले गणतन्त्रलाई कार्यनीतिक नारा बनाएको परिवेशले निर्माण गरेको आधारलाई चटक्क बिर्सेर “बाह्रबुँदे सहमति,

 » पुरा समाचार पढ्नुहोस