कोरोनाबाट-श्रम-क्षेत्रमा-परेको-असर-हटाउन-सरकारले-के-गर्ने-?

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) कोभिड १९ को महामारीका कारण विश्वमा करिब १९ करोड मानिसहरूले रोजगारी गुमाउने प्रक्षेपण गरेको छ । त्यसबाट नेपाल पनि अछुतो रहने छैन । प्रारम्भिक अनुमानअनुसार मलेसिया तथा खाडी मुलकहरूबाट दुई लाखभन्दा बढी मानिस रोजगारी गुमाएर नेपाल फर्किने तर्खरमा छन् । छिमेकी मुलुक भारतबाट पाँच लाखभन्दा बढी मानिस फर्किसकेका र थप त्यति नै संख्यामा फर्किने तयारीमा छन् ।

नेपालको झण्डै १२ वर्षअघिको श्रम सर्वेक्षणअनुसार औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रमा गरी कुल एक करोड १७ लाख ८५ हजार श्रम शक्ति रहेको थियो । अहिले सो संख्यामा वृद्धि भइरहेको छ र यो महामारीको चपेटामा नेपाली श्रमिकहरू पनि पर्ने संकेतहरू देखा परिसकेका छन् । सामाजिक सुरक्षा कोषले नेपालमा ठूला उद्योगधन्दादेखि प्यानमा दर्ता भएका साना र्फमहरू समेत गरी करिब नौ लाख कार्यथलोमा ३४ लाख श्रमिक रहेको जनाएको छ । श्रम विभागले छ हजार एक सय ७८ प्रतिष्ठानमा तीन लाख ३६ हजार एक सय ८५ श्रमिकहरू कार्यरत रहेको उल्लेख गरेको छ । यी दुवै निकायको तथ्यांकमा हाम्रो देशको सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि निर्माण,

 » पुरा समाचार पढ्नुहोस