काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै स्वास्थ्य अधिकारीहरू सोमबार पहिलोपटक विश्व स्वास्थ्य सभामा सहभागी हुँदैछन् । इन्टरनेटको माध्यमबाट हुने बैठकमा विश्वव्यापी रुपमा फैलिएको यो महामारीबाट कसरी पार पाउने भन्ने विषयमा छलफल हुनेछ ।
तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को निर्णायक समितिको यो बैठकमा कोरोना भाइरस नियन्त्रणमा सफल भएकोमध्ये एक ताइवानलाई भने निमन्त्रणा पठाउने छैन ।
जबकि विश्वभर ताइवानले कोरोना भाइरस नियन्त्रणको लागि चालेको कदमको प्रशंसा भइरहेको छ । उसले पनि अन्य मुलुकसँग आफ्नो अनुभव साट्न चाहेको छ ।
तर,