५ जेठ, काठमाडौं । सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका छन् । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी, दाङ, धादिङमा पनि कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठविसकोट नगरपालिका–१ का १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.