६ जेठ, काठमाडौं । सोमबार एकैदिन बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो ।
तर, आइसोलेसन बेडको अभावमा उनीहरू रातभर त्यहीँ कोरोना संक्रमण नभएकाहरू सँगै बसे । यो क्वारेन्टाइन स्थल त्यही हो, जहाँ बसेका २५ वर्षीय युवकलाई समयमै अस्पताल लैजान नसक्दा आइतबार मृत्यु भएको थियो । उनी कोरोनाका कारण मृत्यु हुने दोस्रो नेपाली थिए ।
सरकारले बाँकेलाई कोरोनाको हटस्पट मानेको छ । तर,