प्रदेश-२-मा-भुक्तानी-विवाद,-मन्त्रीकै-अगुवाइमा-आन्दोलन

७ जेठ, जनकपुरधाम । नयाँ बजेट आउने बेला प्रदेश २ मा गत आर्थिक वर्षमा सम्पन्न योजनाहरूको भुक्तानी हुन नसकेको विषय पुनः चर्केको छ । सांसदहरू लागि पर्दा पनि उपभोक्ता समितिले भुक्तानी नपाएपछि प्रदेश सरकारका मन्त्री नै संघर्षको नेतृत्व लिन अग्रसर भएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवकै अगुवाइमा दबाब समिति बनेको छ । समितिमा सत्तारुढ र विपक्षी दलका सांसदहरू बसेको छन् ।

गत आवमा सम्पन्न सात सय ४२ योजनाको करिब ९१ करोड रुपैयाँ भुक्तानी हुन सकेको छैन । २०७६ सालमा बसेका अधिकांश प्रदेश सभा बैठक यही कारण अवरुद्व भएको थियो । भुक्तानी पाउनुपर्ने उपभोक्ता समितिका पदाधिकारीहरूले मुख्यमन्त्री र मन्त्रीहरूको फोटोमा जुत्ता प्रहारदेखि प्रदेश सभा बाहिर नाराबाजीसम्म गरे ।

अहिले कोरोना संक्रमण रोक्न मुलुकभरि लकडाउन जारी गरिएको छ । विरोधका यस्ता कार्यक्रम गर्न सकिँदैन । यो बेला झन् समस्यामा परेका उपभोक्ता समितिका पदाधिकारी र निर्माण सामग्री दिएका व्यापारीहरूको हितका निम्ति मन्त्री यादव अग्रसर भएका हुन् । उनीहरूको रकम तुरुन्त नदिए सरकारमा बसिरहनुको औचित्य आफूले नदेखेको उनले बताए ।

काम गरेको पैसा एक वर्षसम्म रोकेर अन्याय गरिएको उनी बताउँछन् । उपभोक्ता समिति र निर्माण सामग्रीवालालाई यथाशीघ्र भुक्तानी दिलाउन समन्वयकारी भूमिकाका निम्ति दबाब समूहमा बसेको उनले बताए । ‘कर्जा लिएर काम गरेका र सामान दिएकाहरूलाई अहिले लकडाउनमा अति नै समस्या भएको छ’ मन्त्री यादव भन्छन्,

 » पुरा समाचार पढ्नुहोस