सैनिक-महाविद्यालयमा-अनियमितता-:-५-जना-दोषी-ठहर,-१३-जनाले-पाए-सफाइ

९ जेठ, काठमाडौं । नेपाली सेनाको समरी जनरल अदालतले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा तीन जना सैनिक अधिकृत र दुई जना अन्य दर्जाका कर्मचारीलाई दोषी ठहर गरेको छ ।

सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहँदा अनियमितता गरेको कसूरमा महा–सेनानी भुपालमान अधिकारी, प्रमुख सेनानी देवबहादुर क्षत्री, लेखाका सह–सेनानी सुरेन्द्र विक्रम भण्डारीलाई दोषी ठहर गरेको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार हुद्दा यज्ञविनोद पोखरेल र गणेशबहादुर अधिकारी पनि दोषी ठहरिएका छन् । सैनिक कल्याणकारी कोषको लगानीमा चलाइएको सैनिक विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै जंगीअड्डामा उजुरी परेको थियो । त्यसपछि एक जना सहायक रथीको नेतृत्वमा गठित कोर्ट अफ इन्क्वायरी बोर्डले तत्कालीन सम्पर्क अधिकृत अधिकारीसहित १८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तीमध्ये १३ जनाले अभियोगबाट सफाइ पाएका छन् ।

मुद्दामाथि समरी जनरल अदालतले शुक्रबार फैसला सुनाएको हो । जसअनुसार अधिकारी भविष्यमा सरकारी सेवाका लागि लागि अयोग्य नठहरिने गरी हटाइएका छन् भने दुई महिना कैद गर्न समेत आदेश भएको छ । साथै,

 » पुरा समाचार पढ्नुहोस