९ जेठ, काठमाडौं । नेपालले वार्ताद्वारा सीमा समस्या समाधान गर्न गरेको आग्रहलाई भारतले पटक-पटक बेवास्ता गर्यो । त्यसपछि नेपालले विगतका सन्धि, सम्झौता, ऐतिहासिक तथ्य तथा प्रमाणहरूको आधारमा नयाँ नक्सा प्रकाशित गरेको हो ।
नेपाली भूमिसमेत आफ्नोमा पारेर भारतले नक्सा प्रकाशित गरेपछि नेपालले जनाएको आपत्तिलाई उसले पुरै बेवास्ता गर्यो । नेपाली भूमिमा मानसरोवर जाने सडक बनाएको विरोध गर्दा पनि उसले सुनेको नसुन्यै गर्यो ।
नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि मात्रै देखिने गरी कूटनीतिक तहमा भारतले मुख खोलेको छ । फलाम तातेकै बेला अहिले वार्ताद्वारा सीमा समस्या हल गर्नुपर्ने कूटनीतिज्ञहरू बताउँछन् ।
यो विषयमा पूर्वपरराष्ट्र मन्त्री तथा नेपाल-भारत सम्बन्ध प्रबुद्ध व्यक्ति समूह (इपिजी) का नेपाल संयोजक डा.