लकडाउनमा-मध्यम-वर्ग-:-न-माग्न-सक्ने,-न-दिन-सक्ने-!

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपालमा लकडाउन भएको पनि ६० दिन कटेको छ । कारण धेरैजनाको रोजगार गुमेको छ । धेरैको हालत बेहाल भएको छ । संक्रमणलाई सुस्त बनाउन बन्दाबन्दी एक प्रभावकारी अस्त्र भएता पनि यसले अर्को समस्यातिर मुलुकलाई धकेलेको छ । संक्रमण कम गर्नुमात्र नभई बन्दाबन्दीले उत्पन्न गराएका समस्या सुल्झाउन पनि सरकारलाई अर्को चुनौती थपिएको छ ।

कोरोनाको कारण विश्वकै आर्थिक क्षेत्र मृत्युशैयामा पुगेको अवस्थामा छ । नेपालमा पनि यसको प्रभाव यसैगरी फैलीरहने हो भने भोलिका दिनमा साना मात्रै होइन ठूला उधोगहरु पनि स्वत बन्द हुने स्थिति नआउला भन्न सकिन्न । यस क्षेत्रको क्षति मूल्याङ्कन गर्न त्यति सजिलो पनि छैन । उधोग व्यवसाय बन्द हुँदा त्यसको प्रत्यक्ष प्रभाव वित्तीय क्षेत्रमा स्वाभाविक पर्छ । कर्जाको किस्ता र व्याज बैंकहरुको मुख्य कारोवार र आम्दानी हो । उद्योगहरुले समयमा बैंकको व्याज र किस्ता तिर्न नसक्दा बैंकहरुको तरलता तथा पुनर्लगानी क्षमतालाई प्रभावित पार्नुको साथै खराब ऋणको परिमाणमा बृद्धी हुँंदै जानेछ । यो अवस्था लम्विदै गएमा बैंकिङ्ख क्षेत्रले समेत कारोवार सीमित गर्ने र रोजगार कटौती गर्ने अवस्था आउंछ ।

संकटको बेला मान्छेहरुले आम्दानी गर्न सकदैनन यस्तो स्थितीमा भएको बचत पनि खर्च गर्ने हुन । यो क्रम चल्दैजांदा धनी मान्छेहरु पनि विस्तारै गरीवीतिर धकेलिने सम्भावना रहन्छ । अहिले राज्यले अन्य क्षेत्रको पुंजी कटाएर पनि स्वास्थ्य क्षेत्रमा लगाउनुपर्ने अवस्था छ । तर लगानी बढाउंदैमा तत्काल प्रभावकारीता बढाउन सम्भव पनि नहोला । स्वास्थ्यकर्मी जनशक्ति साधारण श्रममा आधारीत जनशक्ति होइन । दुई चार दिनको तालिमले मात्र पनि प्रयाप्त जनशक्ति विकास गर्न सकिँदैन । अर्कोतिर स्वास्थ्य सेवा क्षेत्रमा आवश्यक सामाग्रीहरुको उत्पादन तत्काल वृद्धी गर्नु जरुरी छ ।

यसप्रकारको आर्थिक स्थितिले फरक–फरक वर्गलाई फरक–फरक प्रभाव पार्दछ । तल्लो वर्गलाई जीवन धान्न गाह्रो हुन्छ । यो वर्गलाई सरकारले जीवन धान्नकैलागि राहत दिएर सहयोग गर्ने कार्य गरीरहेको छ । तर सरकारको सामान्य कोषले लामो समयसम्म त्यो धान्न पनि नसक्ला किनकी सरकारको राजस्व संकलन यस्तोवेला ह्रवात्तै घटेको हुन्छ । यस्तो अवस्थामा सरकारले नागरीक तहमा सहयोगको अपिल गरी सहयोग अभियान चलाउंदा पनि प्रभावकारी हुने देखिन्छ ।

मध्यम वर्गका मान्छेहरुका आफ्नै प्रकारका समस्या छन । यो वर्गमा साना वा मध्यम आकारका व्यापार व्यावसाय हुन्छन । ती मध्ये अधिकांश बन्द भएका छन । बन्द भएका व्यावसायले मुनाफा दिदैन तर घरभाडा र बैंकको व्याज भने पाकिरहन्छ । जति लामो बन्द भयो त्यति यो वर्गको अवस्था कमजोर हुँदै जान्छ । भने ठूला उद्यमी र ब्यवसायीको व्याक्तिगत पारिवारिक जीवनमा खासै संकट आउँदैन । तर,

 » पुरा समाचार पढ्नुहोस