१७ जेठ, पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । अस्पताल निःसंक्रमण (स्यानिटाइज्ड) गर्ने काम दैनिक जारी छ ।
स्वास्थ्य मन्त्रालयले पनि नारायणीलाई पत्राचार गरेर बहिरंग लगायतका सेवा सुरु गर्न निर्देशन दिइसकेको छ । तर तत्काल सबै सेवा सुरु गर्न जनशक्ति अभाव छ । त्यसैले विरामी भर्ना गरिहाल्नु नपर्ने खालका ओपीडीहरु क्रमशः सञ्चालन गर्दै जाने योजनाअनुसार तयारी गरिरहेको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.