काठमाडौं । कोरोना भाइरसको परीक्षणका लागि संकलन गरिएको रगतको नमूना बाँदरले चोरेर लगेपछि भारतको एक मेडिकल कलेजमा तहल्का मच्चिएको छ ।
उत्तर प्रदेशस्थित मीरुट सहरमा रहेको मीरुट मेडिकल कलेजमा बाँदरको एक झुण्ड छिरेर प्रयोगशालामा नमूना परीक्षणका लागि राखिएको कोरोना भाइरस संक्रमितको रगतका नमूना चोरेर भागेको हो ।
समाचार अनुसार तीनजना कोभिड विरामीको रगतको नमूना राखिएका टेष्टट्युबहरु बाँदरले चोरेको हो ।
बाँदरले कोरोना परीक्षणका लागि राखिएको रगत चोरी गरेर लगेको भिडियो नै सामाजिक सञ्जालमा अपलोड गरिएको छ । त्यसमा बाँदरले अस्पताल परिसरमा रहेको एउटा रुखको टुप्पामा बसेर आफूले चोरेर लगेको रगतको नमूनाको टेष्टट्युब तथा सर्जिकल पञ्जाहरु समेत चपाउन लागेको देखिन्छ ।
Monkey steals blood samples suspected to be of Covid patients in UP’s Meerut
A monkey snatched away blood samples which were suspected to be of #Covid19 patients.