२२ जेठ, काठमाडौं । अरब सागरमा विकसित शक्तिशाली चक्रवातको प्रभावले शुक्रबार प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विनाशकारी हावाहुरी नलाग्ने, तर मेघ गर्जन र चट्याङ सहित वर्षा हुने विभागको पूर्वानुमान छ ।
अरब सागरमा विकसित चक्रवातलाई ‘निसर्ग’ नाम दिइएको छ । नेपाली समयअनुसार बुधबार दिउँसो पौने तीन बजेतिर भारतको महाराष्ट्र राज्यको तटिय क्षेत्रमा शक्तिशाली चक्रवातको रुपमा ठोक्किए पनि नेपालतर्फ वहने क्रममा यो कमजोर भइसकेको छ । कुनै पनि चक्रवात जमिनमा ठोक्किएपछि कमजोर हुन्छ ।
यो पनि पढ्नुहोस
नेपालमा फेरि अर्को चक्रवातको असर,