कोभिड–-१९-र-श्रमिक-चुनौती

विश्वव्यापी महामारीका रुपमा कोभिड–१९ को असर विश्वका २१५ देशहरुमा फैलिइरहेको परिप्रेक्षमा नेपालमा पनि सयौं मानिसहरु आक्रान्त हुनेहरुको संख्या बढ्दो छ । गत चैत महिनाको एघार गतेदेखि बन्दाबन्दीको अवस्थामा रहेकाले देशका उद्योग प्रतिष्ठानहरु पनि बन्द अवस्थामा रहन बाध्य छन् । आर्थिकरुपले चलायमान हुनुपर्ने उद्योग प्रतिष्ठानहरु बन्द हुनु र सोमा संलग्न श्रमिकहरु अनुत्पादक रुपमा बस्नुपर्दा देशको समष्टिगत अर्थव्यवस्थामा नै नकारात्मक प्रभाव पर्न गएकोछ । यस आर्थिक वर्ष २०७६/०७७मा देशको आर्थिक वृद्धिदर ८.५५ प्रतिशत हुने अपेक्षा राखिएकोमा करिब दुईदेखि अढाई प्रतिशतसम्मको हाराहारीमा मात्र रहनसक्ने प्रक्षेपण छ । संक्षेपमा भन्नुपर्दा देश आर्थिकमन्दीतर्फ धकेलिँदैछ ।

सरकारले बन्दाबन्दीको अवस्थामा संचालन गर्न भनिएका अत्यावश्यक उद्योग प्रतिष्ठानहरु पनि पालन गर्नुपर्ने स्वास्थ्य सम्बन्धी नियमको कारण पूर्णरुपमा खुल्न,

 » पुरा समाचार पढ्नुहोस