काठमाडौंका-व्यापारीले-खोले-पसल

२२ जेठ, काठमाडौं । काठमाडौंका व्यापारीहरुले सबै प्रकारका पसलहरु खुला गरेका छन् । बिहीबार विहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोक लगायतका क्षेत्रका पसलहरु खुला भएका छन् ।

कतिपय व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो । महासंघको निर्णय पछि सबैले पसलहरु खुला गरेका हुन् ।

महासंघका अध्यक्ष नरेश कटुवालले अब दैनिक विहान ११ बजेसम्म सबै पसलहरु खुला हुने जानकारी दिए । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनु पर्ने सुरक्षा सतर्कता भने अपनाइने उनले बताए ।

लामो समयसदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेको कारण पसल व्यवसाय खोल्न बाध्य भएको उनले बताए ।

राज्यलाई तिर्ने कर,

 » पुरा समाचार पढ्नुहोस