कोमाबाट-ब्युँझिएपछि-फरर्र-फ्रेन्च-बोल्न-थाले-बेलायती-खेलाडि-!

काठमाडौं । कुनै गम्भीर चोट वा दुर्घटनाका कारण मानिसहरु कोमामा पुग्दछन् कहिलेकाहीँ । कोमामा गैसकेपछि मानिसको सुन्ने, सोँच्ने तथा सम्झिने, बोल्ने र महसुस गर्ने क्षमता नष्ट हुन्छ । कोमाको मानिसको केवल सास मात्र बाँकी हुन्छ वा केवल नाममात्रको जीवित हुन्छ ।

कतिपय मानिसहरुमा त कोमाबाट ब्युँझिएपछि पनि स्मरण शक्ति गुमेको पाइन्छ । उनीहरुले आफ्ना विगतका कतिपय वा पूरै घटनाक्रमहरु बिर्सिन्छन् । तर बेलायतमा भने यसको ठ्याक्कै उल्टो अनौठो घटना भएको छ ।

बेलायतका एकजना अंग्रेजी भाषी पूर्व फुटबल खेलाडिले कोमाबाट ब्यँझिएसँगै फरर्र फ्रेन्च बोल्न थालेका छन् ।

ररी कर्टिस नामका फुटबलरको सन् २०१४ मा भएको गम्भीर दुर्घटना पश्चात् उनी ६ महिना कोमामा गएका थिए । कोमाबाट जाग्दा उनले आफ्नो जीवनका पछिल्ला १२ वर्षका सबै स्मरणहरु गुमाएका थिए ।

तर १२ वर्षका सबै यादहरु गुमाएका उनले सबैलाई छक्क पार्दै फरर्र फ्रेन्च भाषा बोल्न सुरु गरे । जबकी दुर्घटना अगाडि उनलाई अंग्रेजी बाहेक अन्य कुनै पनि भाषा बोल्न आउँदैनथ्यो ।
सोसल मिडियामा जब यो मामिला सार्वजनिक भयो,

 » पुरा समाचार पढ्नुहोस