ठेक्काको-म्याद-तोकिएको-अवधिको-५०-प्रतिशतमात्रै-थप्न-सकिने-प्रस्ताव

२३ जेठ, काठमाडौं । सरकारले असीमित रुपमा अब ठेक्काको निर्माण अवधि लम्ब्याउन नसकिने व्यवस्था प्रस्ताव गरेको छ । संसदमा सरकारले दर्ता गरेको सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सुरु सम्झौताको ५० प्रतिशतभन्दा बढी नहुने गरी मात्रै ठेक्का सम्झौताको म्याद थप्न सकिने व्यवस्था गरिएको छ ।

यो विधेयक जस्ताको तस्तै पारित भएमा अहिलेको जस्तो जति पनि म्याद थप गर्न सकिने अवस्थाको अन्त्य हुनेछ । यसअनुसार सुरु सम्झौतामा ४ वर्षभित्र सक्ने भनिएको आयोजनाको म्याद दुई वर्षमात्रै थप्न सकिनेछ ।

विधेयकको दफ ५६मा काबुबाहिरको परिस्थिति,

 » पुरा समाचार पढ्नुहोस