भरतपुर-कोभिड–१९-प्रयोगशालामा-दैनिक-सयभन्दा-बढीको-परीक्षण

२४ जेठ, चितवन । चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोभिड–१९ प्रयोगशालामा दैनिक एक सयभन्दा बढी स्वाब परीक्षण गर्न थालिएको छ । भरतपुर अस्पताल मातहतमा रहेको प्रयोगशालामा चितवन, नवलपरासी, धादिङ, कपिलवस्तु, मकवानपुर लगायतका जिल्लाबाट संकलन गरी ल्याइएका स्वाब परीक्षण हुँदै आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भरतपुर महानगर प्रमुख रेनु दाहालको पहलमा गएको गत चैत २४ गतेबाट सञ्चालनमा आएको प्रयोगशालामा अहिलेसम्म दुई हजार सात सय ५७ जनाको स्वाब परीक्षण गरिएको अधिकारीले जानकारी दिए । शुरुशुरुका दिनमा निकै कम परीक्षण भए पनि पछिल्लो समयमा भने दैनिक एक सयभन्दा बढीको नमूना परीक्षण गर्न थालिएको छ ।

भरतपुर अस्पताल र कोरोना अस्थायी अस्पतालबाट मात्रै एक हजार ५०३ वटा नमुना परीक्षण भएका छन् । भरतपुर अस्पतालको ५८६ र कोरोना अस्थायी अस्पतालको ९१८ वटा नमूना परीक्षण भएको अस्पतालले जनाएको छ । बाँकी कपिलवस्तु,

 » पुरा समाचार पढ्नुहोस