कोरोनापछिको-सम्भावित-कर-:-नेपालले-गर्नुपर्ने-४-काम

विश्वमा पहिलो सरकार स्थापना भएसँगै करको उत्पत्ति भएको हुनुपर्छ भन्ने अनुमान छ । प्रारम्भमा मुलुकमा शान्ति सुरक्षा कायम गर्ने र न्याय शुलभ गराउनेजस्ता राज्यका सीमित कार्यहरु सञ्चालन गर्न सीमित करबाट सीमित राजस्व परिचालन गरिन्थ्यो । समयको परिवर्तनसँगै राज्यले विकास निर्माणसम्बन्धी कार्यहरुसमेत गर्नुपर्ने भएकाले करको दायरा फराकिलो गरी थप राजस्व परिचालन गर्न आवश्यक भयो ।

आधुनिक राज्यले सरकारका परम्परागत तथा विकास निर्माणसम्बन्धी कार्यका साथै नागरिकका लागि सामाजिक सुरक्षाको व्यवस्थासमेत गर्नु पर्ने भएकाले करको क्षेत्र अझै विस्तार गर्नुपर्‍यो ।

कोभिड-१९ ले सिर्जना गरेको मानवीय तथा आर्थिक संकटबाट खासगरी समाजका असक्षम तथा अशक्तहरुलाई वचाउनका लागि थप स्रोत जुटाउन आवश्यक भएको छ ।

दअन्य कुराहरुका साथै आर्थिक विकासका लागि आधारशीलाहरु निर्माण गर्न आवश्यक राजस्व परिचालन गर्न एकातिर कर लगाउन आवश्यक छ भने अर्कोतर्फ कर अर्थतन्त्रका लागि लागत पनि हो । कारण कर तिर्ने सन्दर्भमा करदाताले दर्ता हुनु पर्ने,

 » पुरा समाचार पढ्नुहोस