भैरहवामा-अस्ट्रेलियन-स्याउ-फलाउने-प्रयास

३१ जेठ, बुटवल । स्याउ खेती भन्ने वित्तिकै हिमाली ठाउँ चाहिन्छ भन्ने धेरैको धारणा छ । तर ४५ डिग्री तापक्रमको गर्मी हुने तराईको फाँटमा पनि स्याउ खेती सफल हुन्छ भन्ने प्रमाणित गरेका छन् भैरहवाका आशा गुरुङले ।

भैरहवा पश्चिम भुजौली गाउँमा रहेको गुरुङको लुम्बिनी अर्गानिक फर्म एण्ड रिसर्च सेन्टरमा गत वर्ष लगाइएको अष्ट्रेलियन नानो जातको स्याउ फल्न थालेको छ । ७ बिघा जग्गामा तीनवटा ब्लक (खण्ड) मा आधुनिक प्रविधि प्रयोग गरेर मल्टी फार्मिङ गरेका गुरुङले तीन बिघाको एउटा ब्लकमा स्याउसहितका २८ थरि फलफूल खेती गरेका छन् । जसमध्ये अष्ट्रेलियन जातको नानो स्याउका ६ सय विरुवा छन् ।

यो ४८ डिग्री तापक्रम हुने ठाउँमा पनि फल लाग्ने प्रजातिको स्याउ भएकाले संभवतः तराई क्षेत्रमा नेपालमै पहिलोपटक जोखिम मोलेर व्यवसायिक खेती गरेको गुरुङले बताए । बिरुवा रोपेको दोस्रो वर्षमै स्याउ फल्ने प्रमाणित भएपछि यही वर्ष पुषसम्म ५ हजार बिरुवा रोप्ने उनको तयारी छ ।

पक्लिहवा माविको जग्गा २० वर्षका लागि लिजमा लिएर हालसम्म दुई करोड लगानी गरेका उनको फार्मको एउटा ब्लकमा २१ थरि तरकारीको खेती छ

अरु स्याउको सिजन सकिएपछि फल्ने प्रजातिको भएकाले बजारको समस्या नहुने गुरुङ बताउंछन् । ‘अरु जातको स्याउ असोज महिनाबाट फल्न शुरु हुन्छन्,

 » पुरा समाचार पढ्नुहोस