‘आमाछोरीलाई-छुट्टै-कोठामा-राखेर-अनुसन्धान-गर्‍यौं’

१ असार, काठमाडौं । शाही थरकी युवतीलाई बिहे गर्न गत १० जेठमा पश्चिम रुकुमको सोती गाउँमा गएका जाजरकोटका नवराज विक उनका पाँचजना साथीहरुसँगै भेरी नदीमा मारिए । १२ जना घाइते भए । यो घटनाको अनुसन्धानपछि प्रहरीले आइतबार ३४ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

घटनालगत्तै नेपालगञ्जस्थित संघीय प्रहरी इकाइ कार्यालयमा कार्यरत एसएसपी पोषराज पोखरेललाई गृहमन्त्रालयले जेठ १३ गते अनुसन्धानका लागि रुकुम पठायो । १४ गतेदेखि नै एसएसपी पोखरेल प्रमुख अनुसन्धान अधिकृतका रुपमा पश्चिम रुकुममा खटिए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय चासोको विषय बनेको उक्त घटनाको अनुसन्धान प्रहरीले कसरी गर्‍यो ?

 » पुरा समाचार पढ्नुहोस