डब्ल्यूएचओ-नेपालको-अपिल-:-कोरोना-महामारी-सकिएको-छैन,-सतर्कता-अपनाऔं

८ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।

नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनुपर्ने संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले बताए । उनले भने, ‘हामीले याद गर्नुपर्ने के हो भने महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौं । तसर्थ हामी अलि होसियार हुनु जरुरी छ ।’

लकडाउन खुकुलो भएसँगै कार्यालयहरू सञ्चालनमा आएको तथा मानिसहरूको एक आपसमा भेटघाट बढेको भन्दै उनले सबै आफ्नो तर्फबाट सर्तक हुनु जरुरी रहेको बताए ।

संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आफ्नो जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्नेमा उनले जोड दिए । मानिसहरूको भिडभाडमा नजाने,

 » पुरा समाचार पढ्नुहोस