११ असार, काठमाडौं । खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
दुबईबाट आई क्वारेन्टिनमा बसेका १० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरुलाई मंगलबार घर पठाइएको थियो ।
बिहीबार १० मध्ये एक महिला र तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजार भन्छन्,