साम्राज्ञी-भन्छिन्–‘फिल्ममा-काम-गर्दा-निकै-नराम्रो-अनुभव-भोगेकी-छु’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले अहिलेसम्म ८ वटा चलचित्रमा काम गरेको र यसमध्ये ३ वटा चलचित्रमा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी छिन् । उनले, आफूले सबै कुरा भन्न नसक्ने पनि बताएकी छिन् ।

सामाजिक संजाल इन्स्टाग्राममा भिडियो मार्फत आफ्नो मनको कुरा शेयर गर्दै साम्राज्ञीले भनिन्–‘मैले १७ बर्षको उमेरमा नै चलचित्र क्षेत्रमा डेब्यू गरेँ । त्यतीबेला चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनेर मलाई भन्नुहुन्थ्यो । हरेक चलचित्रको प्रमोशनमा पुग्दा मलाई किन घमण्डी हुनुहुन्छ भनेर प्रश्न सोधिन्थ्यो । यसले मलाई दिक्क बनाउथ्यो ।’ साम्राज्ञीले सो समयमा नै आफ्ना धेरै ट्रोलहरु बनेको पनि बताएकी छिन् ।

साम्राज्ञीले काम गरेका प्राय ब्यानरमा उनी दोहोरिएकी छैनन् । यस बिषयमा ‘ड्रिम्स’ डेब्यू नायिका भन्छिन्–‘म नदोहोरिनुको कारण उहाँहरुले मलाई गर्ने व्यवहार नै हो । एउटा कलाकारले पाउनुपर्ने सम्मान पनि पाइदैन यहाँ । कैयौ पटक ह्यारेसमेन्ट भएको छ । तर,

 » पुरा समाचार पढ्नुहोस