घरेलुका-करार-कर्मचारीले-एक-वर्षदेखि-तलब-पाएनन्

१४ असार, सुर्खेत । घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतमा कार्यरत करार कर्मचारीहरुले एक वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् । कार्यालयमा सहजकर्ता र कम्प्यूटर अपरेटर पदमा कार्यरत तीनजना महिला कर्मचारीहरुले एक वर्षसम्म तलब नपाएको बताएका हुन् ।

कार्यालयमा कम्प्युटर अपरेटरमा कार्यरत वीरेन्द्रनगर १ की सुमित्रा चपाईंले गत अघिल्लो वर्षको साउनदेखि पारिश्रमिक नपाएको बताइन ।

चपाईं २०७३ भदौ १ गतेबाट वाणिज्य प्रशासनअन्तर्गत कम्प्युटर अपरेटरमा नियुक्त भएकी हुन् । ‘करार सम्झौता थप गरेको छैन् । सकिएको हो भनेर पत्र पनि दिएनन्,’ चपाईंले भनिन्,

 » पुरा समाचार पढ्नुहोस