सुर्खेतमा-होटल-र-रेष्टुरेन्ट-बन्द-गर्न-प्रशासनको-निर्देशन

१७ असार, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबारदेखि होटल, रेष्टुरेन्ट लगायतका खाजा, नास्ता पसल बन्द गर्न निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्देशन दिएको हो ।

बुधबार प्रशासन कार्यालयले शुक्रबारदेखि जिल्लामा सञ्चालित होटल, रेष्टुरेन्टलगायतका खाजा, नास्ता पसल (होमप्याक बाहेक), सैलुन तथा व्युटी पार्लरसमेत पूर्णरुपमा बन्द गर्न भन्दै सूचना जारी गरेको छ ।

साथै तीन पाङ्ग्रे सवारी साधन अर्थात् अटो सञ्चालनलाई पनि पुूर्ण रुपमा रोक लगाएको छ । कोरोनाको संक्रमण रोकथामका लागि जोर–विजोर प्रणालीलाई यथावत राख्दै तीन पांग्रे सवारी साधनलाई पूर्णरुपमा बन्द गर्ने बताएको छ ।

प्रमुख जिल्ला अधिकारी मातहतमा रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले फलफुल,

 » पुरा समाचार पढ्नुहोस