बाँचौं,-गाह्रो-भो-!-मरौं,-छोरीहरू-छन्-!

२० असार, काठमाडौं । आफूले हाँक्दै आएको टेम्पो नजिकै पुगेपछि पार्वतीको बोली फुट्यो, ‘मेरा लागि यो हीरा हो । छोरीहरू जति प्यारा छन्, यो पनि उत्तिकै प्यारो छ ।’

पार्वती श्रेष्ठ सीतापाइलाको टेम्पो ग्यारेजमा छिन् । २७ वटा टेम्पोको स्टेसन हो यो । बिहान झिसमिसेमै निस्कने टेम्पो झमक्क साँझ परेपछि मात्र यो स्टेसनमा आइपुग्थ्यो । रातभर चार्ज भएर बस्थ्यो । चैत ११ गते बिहानदेखि स्टेसनका यी टेम्पोहरू गेटबाहिर निस्किन पाएका छैनन् ।

एउटा कुनामा कालो नम्बर प्लेटको टेम्पो छ – बा १ ह ३८५८ ।

तीन महिनायता नम्बर प्लेटसँगै पार्वतीको जीवन पनि धुमिलिएको छ । मैलिएको नम्बर प्लेट पुछ्दै गर्दा पार्वतीको तिख्खर स्वर सुनिन्छ,

 » पुरा समाचार पढ्नुहोस