प्रचण्डलाई-प्रधानमन्त्रीको-चुनौती-:-सडकको-प्रदर्शन-रोकिन्न,-बहुमतले-कारबाही-गर्नुस्

२४ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही दिनदेखि चल्दै आएको वान अन वान वार्ता विफल हुने संकेत देखिएको छ । बुधबार भएको वार्ता यसअघि जस्तो सकारात्मक नभएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष प्रचण्ड अपराह्न बालुवाटार पुगेका थिए । भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको समर्थनमा सडकमा भइरहेको प्रदर्शन रोक्न आग्रह गरेका थिए ।

स्रोतका अनुसार प्रचण्डले बुधबार विहानै पार्टी महासचिव विष्णु पौडेललाई पनि सडकमा भइरहेको प्रदर्शनमा सहभागी नहुन सर्कुलर गर्न आग्रह गरेका थिए । तर प्रधानमन्त्री ओली सहमत नभएका कारण पौडेलले सर्कुलर जारी गरेनन् ।

अपराह्न भएको भेटमा प्रचण्डले सडक प्रदर्शन रोक्नुपर्नेमा जोड दिएका थिए । तर ओलीले आफ्ना नेतालाई कारबाही गर्न लागेपछि युवा विद्यार्थीले प्रदर्शन गरेको भन्दै रोक्नु नपर्ने बताएका छन् ।

पार्टीको विवाद हल गर्ने विषयमा पनि दुई अध्यक्षबीच सकारात्मक सम्वाद हुन सकेन । ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अरु विषयमा कुराकानी गर्न सकिने पुरानै अडान राखेका छन् । ‘महाधिवेशनपछि अध्यक्ष हुनु होला,

 » पुरा समाचार पढ्नुहोस