रेल-विभागलाई-अर्थले-भन्यो-कानून-मिचेर-ठेक्का-नलगाउनू

२९ असार, काठमाडौं । पूर्वतयारी नै नसकी एकैपटक काँकडभिट्टा-इनरुवा खण्डको रेलमार्गको ठेक्का लगाउन बोलपत्र आह्वान गरेपछि अर्थ मन्त्रालयले चासो देखाएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रलाई मन्त्रालयमै बोलाएर ठेक्का प्रक्रिया कानूनसम्मत रुपमा अघि बढाउन निर्देशन दिएको छ ।

मन्त्रालय स्रोतका अनुसार रेल विभागले ३२ अर्ब बराबरको ठेक्का गर्दा विभिन्न कानून र र मापदण्ड मिचेको सूचना पाएपछि मन्त्रालयमा बोलाएर मिश्रलाई यसबारे मौखिक स्पष्टीकरण सोधिएको हो ।

अर्थमन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई पनि प्रक्रिया मिचेर ठेक्का नलगाउन ध्यानाकर्षण गराएको छ ।

मन्त्रालय स्रोतका अनुसार विभागलाई आयोजनाहरुको बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड २०७६का व्यवस्थोको ख्याल राखेर मात्रै खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ । अर्थले निर्देशनको बेवास्ता गरेर प्रक्रिया अघि बढाएर भविष्यमा भुक्तानी गर्न समस्या पर्ने चेतावनी दिएको छ ।

यो मापदण्डअनुसार जग्गा अधिग्रहणको कानूनी प्रक्रिया पुरा गरेपछि मात्रै ठेक्का लगाउन पाइन्छ । चालु आर्थिक वर्षको बजेटमा पनि पूर्वतयारीको काम नसकी ठेक्का नलगाउने उल्लेख थियो ।

यस्तै सार्वजनिक खरिद नियमावलीको नियम ६ को उपनियम ३ मा पनि सार्वजनिक निकायले निर्माण स्थलको व्यवस्था नभई,

 » पुरा समाचार पढ्नुहोस