हिमतालहरु-विस्फोट-हुने-तहमा-पुग्दैछन्,-सतर्क-रहन-विज्ञको-सुझाव

२९ असार, काठमाडौं । गत शुक्रबार र शनिबार चार ठाउँको बाढी र १०ठाउँको पहिरोमा परेर ४१ जनाको ज्यान गयो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसन्चालन केन्द्रका अनुसार ती बाढीपहिरोमा ५४ जना बेपत्ता भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले गरेको मौसम विश्लेषण अनुसार असार ३० गतेसम्म देशका विभिन्न भागमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा हुनेछ ।

भारी वर्षा हुने भएपछि बाढीपहिरोको जोखिम बढ्ने नै भयो । यसरी बाढीपहिरोले जनधनको ठूलो क्षति गरिरहेकै बेला विज्ञहरूले ‘हिमतालहरूमा भरिदै गएको जोखिम’प्रति सचेत गराएका छन् ।

भूगर्भविद्हरूका अनुसार नेपालको कुल भूभागको ८३ प्रतिशत हिमाली र पहाडी क्षेत्र हिमपहिरो तथा हिमताल विस्फोटको समेत जोखिममा छन् । हिमताल विस्फोट भयो भने त्यसले तल्लो तटीय क्षेत्र बगाउँछ ।

‘भरे–भोलि नै हिमताल फुट्न लाग्यो भन्न खोजेको होइन’,

 » पुरा समाचार पढ्नुहोस