प्रदेशमा-असारे-विकास-:-११२-अर्बमध्ये-६१-अर्ब-बजेट-असारमा-खर्च

३१ असार, काठमाडौं । प्रदेश सरकारका अधिकांश बजेटको खर्च असार महिनामा भएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ५७ औं वार्षिक प्रतिवेदनले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट कार्यक्रम र परियोजनाअनुसार बजेट विनियोजन गरी चौमासिक रुपमा खर्च गर्ने गरी कार्यक्रम र बजेट स्वीकृत गरेको भए तापनि असार महिनामा अधिकांश खर्च भएको औंल्याएको हो ।

यसले असारे विकासका नाममा सरकारको अर्बौं रकम कसरी दुरुपयोग भएको छ भन्ने प्रष्ट्याएको छ ।

बेरूजूको चाङ

७ वटै प्रदेशले आर्थिक वर्ष २०७५/७६मा एक खर्ब १२ अर्ब ८ करोड खर्च गरेकमा ६१ अर्ब २ करोड (५४.४४ प्रतिशत) खर्च असार महिनामै भएको छ । आर्थिक वर्षको अन्तिम महिनामा अधिक खर्च गरी योजना सञ्चालन गर्दा सञ्चालित आयोजनाको गुणस्तर कायम गर्न कठिन हुने भएकोले स्वीकृत कार्यक्रमअनुसार चौमासिक रुपमा कार्यक्रम सञ्चालन हुनुपर्ने ठहर महालेखाको छ ।

सात प्रदेशको ९९८ निकायको१ खर्ब ८९ अर्ब २५ करोडको लेखापरीक्षण सम्पन्न भएकोमा ८ अर्ब २० करोड अर्थात् लेखापरीक्षण अंकको ४.३३ प्रतिशत बेरुजू देखिएको छ ।

लेखापरीक्षण रकमको तुलनामा बेरुजू प्रतिशत सबैभन्दा कम वाग्मती प्रदेशको २.५० प्रतिशत र सबैभन्दा बढी प्रदेश नं.

 » पुरा समाचार पढ्नुहोस