बालुवाटार-भर्सेस-खुमलटार-!-नेकपाको-विवाद-नयाँ-मोडमा

१ साउन, काठमाडौं । पार्टीको आन्तरिक समस्या सुल्झाउन गत असार १० गतेदेखि प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दै आएको सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक नयाँ मोडमा प्रवेश गरेको छ । पार्टीभित्रको विवाद अब स्थायी कमिटीबाट केन्द्रीय कमिटीमा सर्ने भएको छ ।

विहीबार बेलुका लगभग एकैसाथ प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड निवास खुमलटारमा दुई समूहका बेग्लाबेग्लै बैठकहरु भए । सचिवालय र स्थायी कमिटीका बहुमत सदस्य सम्मिलित खुमलटार बैठकले भदौमा केन्द्रीय कमिटीको बैठक बोलाउने निचोड निकालेको छ । बालुवाटार बैठकको रणनीति भने रातिसम्म बाहिर आइसकेको छैन ।

खुमलटार भेलामा सहभागी एक स्थायी कमिटी सदस्यले अनलाइनखबरलाई दिएको जानकारी अनुसार विहीबार दिउँसो बालुवाटारमा तीन नेतावीच भएको छलफलमा भदौमा केन्द्रीय कमिटीको बैठक बोलाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमत भएका छन् ।

प्रधानमन्त्री ओलीसमेत बैठक बोलाउन सहमत भएको भन्दै प्रचण्ड र माधव नेपालले खुमलटार भेलामा आगामी भदौमा केन्द्रीय कमिटीको बैठक राखौं भन्ने प्रस्ताव गरेको ती नेताले बताए ।

असार १० मा सुरु भएको स्थायी कमिटीको बैठक असार तेस्रो सातादेखि बस्न सकेको छैन । दुई अध्यक्षवीच सहमति जुटाउनका लागि भन्दै साउन २ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो । शुक्रबार बस्ने स्थायी कमिटी बैठकबारे प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न विहीबार दिउँसो कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका थिए ।

बालुवाटारको छलफलमा प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री ओलीलाई समस्या समाधानका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तपाईकै कारण सरकार र पार्टी दुबै बदनाम भयो भन्दै नेताद्वयले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई आग्रह गरेका थिए । तर,

 » पुरा समाचार पढ्नुहोस