२ साउन, काठमाडौं । विज्ञ र बैंकरहरुले मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकद्वय त्रिलोचन पंगेनी र नरबहादुर थापाले मौद्रिक नीति समग्रमा राम्रै आएको बताएका छन् । पूर्व कार्यकारी निर्देशक पंगेनीले मौद्रिक नीतिले सबै वर्गलाई समेटेको बताए ।
अनावश्यक खर्च कटौती गर्ने तथा कोभिड-१९ प्रभावित क्षेत्रलाई राहत हुने किसिमको नीति तर्जुमा गरिएको उनले बताए । कोरोनका कारण अर्थतन्त्रले सिथिल बनेको अर्थतन्त्रलाई राम्रो दिशामा ल्याउन यो मौद्रिक नीतिले सहयोग पुर्याउने पनि उनले बताए ।
‘समग्रमा मौदि्रक नीति राम्रो छ,