थप-१०१-जनामा-कोरोना-संक्रमण-पुष्टि,-एकजनाको-मृत्यु

२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरस -कोभिड (१९) को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षका पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो भने बुधबार स्वाब संकलन गरिएको थियो । बिहीबार साँझ कोरोना संक्रमण भएको रिपोर्ट आएको केही घण्टामा नै उनको मृत्यु भएको थियो ।

मृतकको परिवार उपचारका लागि फागुनमा नै भारतमा गएको र १३ दिनअघि मात्र फर्किएर होम क्वारेन्टिनमा बसेका थिए । उनी मधुमेह र मुटु रोगका विरामी समेत रहेका ७३ वषर्ीय पुरुषामा स्वास प्रश्वासमा समस्या भएपछि धरान लगिएका थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको सख्यष ४० पुगेको छ ।

कहाँ कहाँ भेटिए संक्रमित ?

 » पुरा समाचार पढ्नुहोस