खुमलटारमा-पूर्वमाओवादीको-भेला-:-केपी-ओलीले-निकास-दिनुपर्छ

५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् ।

नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि आइतबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे ब्रिफिङ गरे ।

पूर्वमाओवादी भनेर बैठक गर्नु उपयुक्त नभए पनि अहिलेको परिस्थिति अलि जटिल भएकाले राय सल्लाह लिन बोलाएको हुँ भन्दै प्रचण्डले बैठक सुरु गरेका थिए । पार्टी एकता भएपनि सांगठनिक एकताका काम बाँकी भएको भन्दै उनले पूर्वमाओवादीको गुट नबनाउने तर विचारका हिसाबले बेलाबेला छलफल गर्दै जाने बताए । यसरी नै पूर्व एमालेसँग छलफल गर्ने उनले बताए ।

बैठकमा अध्यक्ष प्रचण्डसहित सबै स्थायी कमिटी सदस्यले पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन् । ‘पार्टी एकता जोगाउने मात्र होइन,

 » पुरा समाचार पढ्नुहोस