कहिल्यै-नलुटिएको-भर्सेलिज-दरबार

६ अक्टोबर २०१९, बिहान साढे नौ बजे हाम्रो बस भर्सेलिज प्यालेस अगाडिको बस स्टेन्डमा रोकियो । बाहिर सिमसिम पानी परिरहेको थियो । पानीका कारण भर्सेलिजको घुमाइ प्रभावित हुन्छ कि भन्ने भयले मन थोरै चाउरिएको थियो । छाता निकालेर सबै ओर्लियौं ।

बिहानै स्टेन्डमा बसहरू खचाखच भइसकेको थियो । गेटबाहिर मान्छेहरू छाता र एफिल टावरका सोभेनियर बेच्न छाता ओढेर बसेका थिए । छाता नहुने साथीहरूले छाता किनेर पानी छेक्ने काम गरे ।

गेटबाट छिर्नासाथ हाम्रो पाइला भर्सेलिजको विशाल प्राङ्गणमा पर्यो । हामीभन्दा पहिला नै सयौं मान्छे लाइनमा बसिसकेका रहेछन् । मान्छेहरूको चाप हेर्दा टिकट काट्नै दुई तीन घण्टा लाग्ने छाँटकाँट देखियो । तैपनि भर्सेलिज हेर्ने भोकले जित्यो ।

ढुङ्गा छापिएको विशाल प्रांगणमा एउटै छाता ओढेर श्रीमती अञ्जुलीसँग धेरैबेर भर्सेलिजकै बारेमा कुराकानी भइरह्यो । मैले बुझेको भर्सेलिजको इतिहास बताएँ,

 » पुरा समाचार पढ्नुहोस