अख्तियार-प्रमुखलाई-मलामी-घटेको-चिन्ता-!

११ साउन, काठमाडौं । भनिन्छ, मानिसले समाजमा राम्रो काम ग¥यो भने उसका मलामीहरु बढ्छन्, राम्रो काम गरेन भने मलामी घट्छन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेलाई चाहिँ आफ्नो कामले गर्दा मलामीहरु घटिरहेको महसुस भएछ ।

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल हुँदा अख्तियारका प्रमुख र अन्य पदाधिकारी पनि उपस्थित थिए ।

छलफलमा सहभागी अधिकांश सांसदले ‘ठूला भ्रष्टाचारीलाई किन समात्न नसकेको’ भन्ने प्रश्न उठाए । काम गर्दा कत्तिको राजनीतिक दबाब महसुस भयो भनेर सोधे ।

सांसदहरूले राजनीतिक भागवण्डाका आधारमा आयुक्तहरू नियुक्ति हुने गरेका कारण ठूला भ्रष्टाचारीलाई अख्तियारले समात्न नसकेको विचार राखे । राजनीतिक आस्था भएकाहरू नै आयोगमा पुग्दा भ्रष्टाचार झन संस्थागत हुँदै गएको सांसदहरूको आरोप थियो ।

नेकपाका सांसद विजय सुब्बाले ‘नेता जोगाउन पार्टीले अंशबण्डा गरेर अख्तियारमा मान्छे राखेपछि कसरी रोकिन्छ भ्रष्टाचार ?’ भन्दै राजनीतिक पार्टीमाथि नै प्रश्न उठाए ।

मलामी घटाउने काम गरेका छौं : प्रमुख आयुक्त

प्रमुख आयुक्त नवीन घिमिरेले आयोगका पदाधिकारी छनोट गर्ने प्रणाली संसदले बनाएको भन्दै सांसदहरूले नै यसलाई बदल्न सक्ने बताए । आयोगमा जानुअघि राजनीतिक व्यक्ति भएको भए पनि आयोगमा पुगेपछि राजनीतिक आस्थाका आधारमा काम नगरे पुग्ने घिमिरेको तर्क थियो ।

‘हाम्रो प्रवेशका बारेमा पनि कुरा आयो,

 » पुरा समाचार पढ्नुहोस