२-खर्बको-तरलताले-बैङ्किङ-क्षेत्रमा-चिन्ता,-निजी-क्षेत्रमा-उत्साह

१५ साउन, काठमाडौं । यतिबेला बैङ्कहरुमा २ खर्ब रुपैयाँ भन्दा धेरै पैसा थुप्रिएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण गरिएको लकडाउन र यसले समग्र अर्थतन्त्रमा परेको असरका कारण बैङ्कहरुमा तरलता अधिक देखिएको हो । यसका कारणा बैङ्किङ क्षेत्र समस्या आउने त्रासमा छ भने उद्योगी व्यवसायीहरु तरलता अझै सहज भएर बैङ्कको कर्जाको ब्याजदर ओर्लिनुपर्ने पक्षमा छन् ।

केही वर्ष अघिसम्म तरलता अभाव झेलिरहेका बैङ्कहरु यतिबेला लगानी गर्न आतुर छन् । तर लगानी हुन नसकेर ठूलो रकम बैङ्कमा थुप्रिएको छ । लकडाउनपछि कर्जा लगानी सुस्ताएको विज्ञहरु बताउँछन् । अर्बौं तरलता व्यवस्थापन कसरी गर्ने भनेर बैङ्कहरु पनि अलमलमा छन् ।

अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ खिचेको छ । सात दिनमा परिपक्व हुने गरी केन्द्रीय बैङ्कले रिभर्स रिपो जारी गर्न लागेको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैङ्कले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दछ । बजारमा तरलता अपुग भएको बेला राष्ट्र बैङ्कले रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ । अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णय अनुसार बैङ्किङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण रिभर्स रिपो हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको राष्ट्र बैङ्कमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ । बोलकबोलमा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आहृवान रकमसम्म बाँडफाँट गरिन्छ ।

तरलता प्रशोचन गर्ने प्रयोजनार्थ प्रयोग हुने रिभर्स रिपो उपकरणको बोलकबोल आहृवान तथा निष्कासन गर्दा नेपाल राष्ट्र बैङ्कले आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल धितो स्वरूप राख्नु पर्ने व्यवस्था छ । रिभर्स रिपो भुक्तानी मितिमा निष्कासन मितिका दिन सफल बोलकर्ताको खाताबाट खर्च गरी लिएको रकम सोही खाता जम्मा गरी एकमुष्ट साँवा ब्याज रकम भुक्तानी गर्ने गरिन्छ ।

निक्षेपको ब्याजदर घट्दै

बैङ्कहरुले कहिले कर्जा दिन नपाएर समस्या झेल्नुपर्छ त कहिले भएको पैसा लगानी नभएर तनाव लिनुपर्छ । यसपाली बैङ्कलाई भएको पैसा ऋण लगाउन नपाएर समस्या भएको छ ।

तरलता अभाव जस्तै अधिक तरलताले पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ । बैङ्कहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने भयो भने बैङ्कहरुको व्याज खर्च बढ्न गई मुनाफा प्रभावित हुन पुग्छ । फलस्वरुप बैङ्कहरुले निक्षेपको व्याजदर घटाउन थाल्छन् र निक्षेपकर्ताहरु प्रभावित बन्न पुग्छन् । उता कर्जाको पनि व्याजदर त घट्छ तर लगानीयोग्य वातावरणको अभावमा कर्जाको माग बढ्न सक्दैन र लगानी अनुत्पादक क्षेत्रतर्फ प्रवाहित हुन थाल्छ ।

नेपाल बैङ्कर्स ससंघका अध्यक्ष भुवन दाहाल अहिले निक्षेपको ब्याजदर घट्दै गएको स्वीकार गर्छन् । निक्षेपको ब्याजदर घट्दा थोरै निक्षेप पनि घटेको उनले बताए । विकास बैङ्क तथा सहकारीमा निक्षेप गएको हुनसक्ने उनको आशंका छ ।

अधिक तरलताका कारण स्वदेशमा बचतको न्यून प्रतिफल हुने हुँदा पुँजी पलायनको अवस्था सिर्जना हुन्छ । त्यस्तै,

 » पुरा समाचार पढ्नुहोस