मंगलबार-१२१५-जना-नेपाल-आए,-५६-जना-विदेशिए

२० साउन, काठमाडौं । त्रिभुवन विमानस्थलमा मंगलबार १२ अन्तराष्ट्रिय उडान-अवतरण सम्पन्न भए । मंगलबार कुल १२१५ जना यात्रु काठमाडौं अवतरण गरे । ५६ जना यात्रु भने विदेश उडेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मंगलबार हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १५३ जना नेपालीलाई स्वदेश फर्काएको छ ।

सोही कम्पनीको जहाजले दोहाबाट १५३ जनालाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले दोहाबाट १५१ जना यात्रुलाई काठमाडौं ल्याएको छ । आज नै जापानको नारिताबाट नेपाल एयरलाइन्सले ३ बच्चासहित २६४ जना नेपालीलाई घर फर्काएको छ । यो जहाजले १५४७  केजी कार्गोसमेत नेपाल ल्याएको छ ।

मंगलबार एयर अरेबियाले सारजहाबाट १६५ जनालाई काठमाडौं ल्याएको छ । मंगलबार फ्लाई दुबईको जहाजले दुबईबाट १५६ र मालिन्दो एयरले क्वालालाम्पुरबाट १७६ जनालाई काठमाडौं ल्याएको छ । फ्लाई दुबई र्फकदा भने ५५ जनालाई बोकेर दुबई उडेको छ ।

यो जहाजले २४५ किलो कार्गो समेत नेपाल ल्याएको छ । मंगलबार इनचानबाट एशियाना एयर कार्गो बोकेर काठमाडौं आएको छ । आजै नेपाल एयरलाइन्सको एक जहाज दोहो र अर्को जहाज दुबई उडे । उता,

 » पुरा समाचार पढ्नुहोस