टी–२०-विश्वकप-:-भारतले-२०२१-मा-र-अष्ट्रेलियाले-२०२२-मा-आयोजना-गर्ने

२४ साउन, काठमाडौं । सन् २०२१ को आईसीसी टी–२० विश्वकप क्रिकेट भारतमै हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार २०२१ को टी–२० विश्वकप नसर्ने र भारतमै हुने जनाएको हो ।

अष्ट्रेलियामा यस वर्ष हुने भनिएको टी–२० विश्वकप कोरोना महामारीको कारण स्थगित भएपछि २०२१ मा भारत र अष्ट्रेलियामध्ये कसले विश्वकप आयोजना गर्ने भन्ने बहस चलेको थियो । तर अब आईसीसीले २०२१ मा भारतमै विश्कप हुने निर्णय गरेपछि त्यसको अन्योलता हटेको छ ।

आईसीसीबाट अनुमति पाएसँगै भारतमा हुने विश्वकप सन् २०२१ को अक्टोबरदेखि नोभेम्बरसम्म हुनेछ । फाइनल नोभेम्बर १४ मा हुने बताइएको छ ।

अष्ट्रेलियामा २०२१ मै हुने भनिएको टी–२० विश्वकप भने २०२२ सम्मका लागि स्थगित गरिएको छ ।

अष्ट्रेलियामा यसै वर्ष अक्टोबरमा आयोजना हुने भनिएको टी–२० विश्वकप कोरोना भाइरस महामारीको कारण २०२१ सम्मको लागि स्थगित गरेको थियो ।

त्यस्तै आगामी वर्ष न्युजिल्याण्डमा हुने भनिएको महिलाको एक दिवसीय विश्वकप क्रिकेट भने एक वर्ष पछि सारिएको छ । अब महिलाको विश्वकप सन् २०२२ मा हुनेछ ।

 » पुरा समाचार पढ्नुहोस