फेसबुक-पोष्टले-भारतको-बैंगलोरमा-हिंसा,-प्रहरीले-गोली-चलाउँदा-२-जनाको-मृत्यु

२८ साउन, काठमाडौं । सामाजिक सन्जाल फेसबुकमा गरिएको एक विवादित पोष्टका कारण भारतको बैंगलोरमा हिंसा भड्किँदा दुई जनाको मृत्यु भएको छ । ६० जनाभन्दा धेरै प्रहरी घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको हो ।

हिंसा शहरको डिजे हल्ली र केजी हल्ली प्रहरी थाना क्षेत्रमा भएको हो । हाल यी क्षेत्रमा कर्फ्यु लगाइएको छ । प्रहरीले ११० जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार कांग्रेस सांसद श्रीनिवास मूर्तिको भतिजा नाता पर्ने नवीन भन्ने व्यक्तिले फेसबुकमा मुस्लिम समुदायको भावनामा ठेस पुग्ने गरी विवादित कुरा पोष्ट गरेका थिए,

 » पुरा समाचार पढ्नुहोस