आरती-स्ट्रिप्सका-५१-मजदुरलाई-कोरोना-संक्रमण,-दुई-जना-सम्पर्कविहीन

३० साउन, विराटनगर ।  मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्स प्रालीमा कोरोना संक्रमित कामदारको संख्या ५१ पुगेको छ । बिहीबार २१ जना कामदारमा संक्रमण देखिएसँगै उद्योगमा काम गर्ने कर्मचारी तथा मजदुरको संख्या ५१ पुगेको हो ।

बुढीगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक बासुदेव रेग्मीका बिहीबारसम्म उद्योगका कामदारमध्ये दुई सय जनाको पीसीआर जाँच गरिएको छ । संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेको उनले बताए ।

संक्रमण पुष्टि भएका कामदारलाई उद्योगभित्रै राखिएको छ । केही कर्मचारी होम आइसोलेसनमा छन् ।

संक्रमण पुष्टि भएकामध्ये दुई जना भने फरार छन् । फरार भएका संक्रमित भारतीय नागरिक हुन् । बुढीगंगा गाउँपालिका वडा नम्बर– १ का अध्यक्ष युवराज पौडेलका अनुसार फरार भएकाहरु भारत गएको आशंका गरिएको छ ।

फरार भएका कामदार विराटनगर प्रवेशद्वार नजिकै  डेरा भाडा लिएर बस्दै आएका थिए । ‘भागेकाहरु भारत नै पुगे जस्तो लाग्छ,’ वडाअध्यक्ष पौडेलले भने,

 » पुरा समाचार पढ्नुहोस