३ भदौ, काठमाडौं । मालीमा राजनीतिक संकट चुलिएको छ । यससँगै मालीका राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
मालीमा भ्रष्टाचार र कमजोर सुरक्षा व्यवस्थाको विरोधमा सरकारविरुद्ध महिनौंदेखि आन्दोलन चलिरहेको अवस्थामा सेनाले उनलाई घरबाटै हिरासतमा लिएको थियो । हिरासतमा लिएपछि उनलै सैन्य बेस क्याम्पबाटै राष्ट्रिय टेलिभिजनमा बोल्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।
राष्ट्रपति केइटाको कार्यकाल सकिन अझै तीन वर्ष बाँकी थियो । तर,