५ भदौ, काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज । अटल सौभाग्य, सुयोग्य वर र परिवारको कल्याणका लागि कठोर व्रत बसेर भगवान शिवको पूजा गर्ने दिन ।
तर आज शिवालयहरु सुनसान छन् । लाखौं भक्तजनले दर्शन गर्ने काठमाडौंको पशुपति मन्दिरमा पनि आज चहलपहल बन्द छ । कोरोना संक्रमणको जोखिमका कारण सरकारले जारी गरेको निषेधाज्ञा र पशुपति मन्दिर बन्द गरिएका कारण व्रतालुहरु आज पशुपति क्षेत्रमा खासै देखिएनन् ।
अघिल्ला वर्षका तीजमा व्रतालुहरुको भिड व्यवस्थापन गर्नै हम्मेहम्मे पर्थ्यो । बाटैभरि नाचगान गरेर रमाइलो गर्नेहरु भेटिन्थे । व्रतालुको अत्यधिक भिड भएपछि तिलगंगा,